पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

हाल नेपालको संविधान २०७२ मा व्यवस्था भए बमोजिम २०७४ मंसिर २१ गते सम्पन्न प्रदेश सभाको निर्वाचन पश्चात २०७४ साल माघ २२ गते भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामको स्थापना भएको र सोही मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधामको संगठन संरचना नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७५।०३।२६ मा स्वीकृत भई यस प्रदेशमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको स्थापना भए पश्चात पशुपन्छी चिकित्सा तथा प्रयोगशाला सेवा, पशु विकास तथा प्रसार सेवा र मत्स्य विकास कार्यक्रमलाई प्रभावकारी रूपमा संचालन गर्नका लागि यस प्रदेशका ८ वटै जिल्लाहरूमा १-१ वटा गरी जम्मा ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरू, १ वटा पशु सेवा तालिम केन्द्र र २ वटा मत्स्य विकास केन्द्रहरू स्थापना भई यी निकायहरूबाट नियमित, अनिवार्य तथा आकस्मिक दायित्वका सेवा प्रवाह तथा कार्यक्रमहरू अविछिन्न रूपमा संचालन हुँदै आइरहेको छ।