कार्य विवरण

कार्य विवरण

None
  • कार्य विवरण

प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहने निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०७५ (संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्भेक्षण समिति, सिंहदरबार, काठमाडौंद्वारा तयार गरिएको) तथा प्रादेशिक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतका निकायहरूको नमुना कार्य विवरण (TOR), २०७५ को आधारमा प्रदेश सरकार, मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको संगठन संरचना सम्बन्धी कार्य सम्पादनका लागि यो कार्य विवरण (Terms of Reference) तयार गरिएको हो।

१. पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधि आदि कानूनी मस्यौदा तर्जुमा गर्ने।
  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी बजेट तथा कार्यक्रम तर्जूमा गरी स्वीकृतीका लागि माथिल्लो निकायमा पेश गर्ने।
  • पशुपन्छी तथा मत्स्य मुल्य श्रृखला विकास, विस्तार र प्रवर्द्धन गर्ने।
  • जलवायू अनुकुलन सम्बन्धी कार्यहरु गर्ने।
  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरमा सञ्चालित कार्यक्रमहरुको अनुगमन तथा मुल्याङ्कन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य क्षेत्रसँग सम्बन्धित विषयमा नियमन गर्ने/गराउने।
  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय तथ्याङ्क र सूचना व्यवस्थापन, अभिलेखीकरण तथा सम्प्रेषण गर्ने।
  • प्रदेश स्तरमा आइपर्ने प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन र पशुपन्छी तथा माछाको महामारी रोग नियन्त्रण गर्ने/गराउने तथा आवश्यकता अनुसार संघ तथा अन्य प्रदेशसँग समन्वय गर्ने।
  • महामारी, विपद् व्यवस्थापन र रोग नियन्त्रणका लागि आवस्यक ‌औषधी, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको वफर स्टक व्यवस्थापन गर्ने।
  • पशुपन्छी तथा मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम सञ्चालन गर्दा संघीय तथा स्थानीय तहका पशुपन्छी तथा मत्स्य विकाससँग सम्बन्धित निकाय वा शाखासँग समन्वय तथा सहकार्य गर्ने।
  • पशु सेवा प्रसारको लागि प्रादेशिक मापदण्ड तर्जुमा गर्ने।
  • प्रचलित कानून बमोजिम पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा मातहतको प्राविधिक, प्रशासनिक तथा आर्थिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • अनुसन्धान केन्द्र, निकायहरुसँग आवस्यक समन्वय गर्ने।
  • सम्बन्धीत प्रादेशिक तालुक निकायहरु लगायत संघीय र स्थानीय तहहरुबाट प्राप्त परिपत्र निर्देशन एवं राय सुझावहरुको कार्यान्वयन गर्ने र मातहतका निकायहरुलाई समेत कार्यान्वयन गर्न गराउन आवश्यक निर्देशन दिने ।
  • मातहतका निकायहरुलाई प्राविधिक, आर्थिक प्रशासन लगायतका कार्यालयहरुसंग सम्बन्धीत विषयहरुमा अवश्यकतानुसार निर्देशन दिने ।
  • मातहतका निकायका कर्मचारीहरुको कार्य सम्पादनको मुल्याङ्कन गर्ने, कार्यालय प्रमुखहरुको काज एवं भैपरी बाहेकको विदाहरु स्विकृत गर्ने ।
  • मातहतका कार्यालयहरुको कार्यक्षेत्र भित्रका सेवाग्राहीहरुबाट सम्बन्धीत कार्यालयहरुबाट प्रवाह भएको सेवा सम्बन्धमा गुनासो प्राप्त हुन आएमा सो को छानविन गरी सम्बन्धीत निकायलाई निर्देशन दिने ।
  • मातहतका कार्यालय अन्तर्गतका राजपत्र अनंकित प्राविधिक/अप्राविधिक कर्मचारीहरुको प्रचलित कानून अनुसार काज/पदस्थापना/सरुवा गर्ने ।
  • मातहतका कार्यालयका कार्यालय प्रमुखहरुलाइ कार्य सम्पादन सम्झैता गराइ लक्षित कार्य प्रगति प्रति जिम्मेवार गराउने।नीजका का ‌स मु लाइ कार्य सम्पादन सम्झाताका प्रगतिसँग आबद्द गराउने प्रक्रियाका विकाश गर्ने।

 १.१ पशुपन्छी उत्पादन तथा बजार प्रवर्द्धन शाखा

  • प्रदेश तहमा संचालित पशुपन्छी उत्पादन तथा प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन गर्ने/गराउने ।
  • पशुपन्छी उत्पादन तथा व्यवसाय प्रबर्धन सम्बन्धी प्रदेश स्तरीय नीति, एन, नियम, मापदण्ड, कार्यविधि अदिको मस्यौदा तर्जुमा गर्ने।
  • प्रदेश स्तरमा पशुपन्छी उत्पादन तथा व्यवसाय प्रबर्धन सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा अवश्यकता अनुसार संघीय तथा स्थानीय तहका पशुपन्छीसँग सम्बन्धित निकाय वा शाखासँग समन्वय गर्ने।
  • भौतिक पूर्वाधार (सडक, संचार, बिद्युत र वजार) विकास भएका जिल्ला वा स्थानीय तहमा संभाव्यताको आधारमा व्यवसायिक पशुपन्छी विकास कार्यक्रमहरु संचालन गर्ने/गराउने।
  • प्रदेशस्तरमा प्राकृतिक तथा कृत्रिम गर्भाधान मार्फत पशुपन्छीको नश्ल सुधार सम्वन्धी कार्य गर्न सहयोग/सहकार्य गर्ने।
  • पशुपन्छीको आनुवांशिकी श्रोत पहिचान, संरक्षण तथा उपयोग सम्बन्धी कार्य गर्ने/गराउने।
  • पशुपन्छी उत्पादन तथा बजार सम्वन्धी प्रदेश स्तरको तथ्याङ्क व्यवस्थापन गर्ने/गराउने।
  • प्रदेश स्तरमा पशुपन्छी उत्पादन तथा बजार सम्वन्धी अध्ययन, अनुसन्धान, विकास र विस्तार गर्ने/गराउने।
  • पशुपोषणमा सुधार ल्याउन चरन, खर्कको विकास तथा घाँसेवाली प्रवर्द्धन सम्बन्धी कार्य गर्ने/गराउने।
  • पशुपन्छी तथा घाँसेवालीको स्रोत केन्द्रको विकास तथा विस्तार कार्यमा सहजीकरण गर्ने/गराउने।
  • पशुपन्छी उत्पादन तथा बजार प्रबर्द्धनका लागि कार्यरत सहकारी संघ/संस्था र अन्य सरोकारवालाहरुसँग समन्वय सहकार्य गर्ने ।
  • पशु आहार/पोषणमा प्रयोग हुने कृषिजन्य उप-पदार्थहरुको उपयोग सम्बन्धी कार्य गर्ने/गराउने।
  • प्रदेश स्तरमा पशुपन्छीजन्य उद्योग व्यवसायको विकास तथा प्रवर्धन गर्ने/गराउने।
  • प्रदेश स्तरमा नश्ल सम्बन्धी गुणस्तर निर्धारण र नियमन गर्ने/गराउने।
  • पशुपन्छी कर्जा तथा बीमा सहजीकरण एवम् प्रवर्धन गर्ने/गराउने।
  • प्रदेश अन्तर्गत सञ्चालन हुने पशु सेवाका कार्यक्रमहरुमा सरकारी तथा गैर सरकारी क्षेत्रसँग सहकार्य गर्ने/गराउने।
  • स्वच्छ, स्वस्थ एवम् गुणस्तरीय पशुपन्छी तथा पशुपन्छीजन्य पदार्थको उत्पादन, प्रशोधन, भण्डारण, विक्री वितरण र उपभोग प्रवर्द्धनार्थ सचेतना अभिवृद्धी गर्ने/गराउने।
  • पशुपन्छी तथा मत्स्य व्यवसायसंग सम्बन्धित वातावरण संरक्षण सम्बन्धी प्रचलित नियम कानूनहरुको कार्यान्वयन गर्ने/गराउने।

१.२ पशुपन्छी स्वास्थ्य, इपिडिमियोलोजी तथा नियमन शाखा

  • पशुपन्छी स्वास्थ्य सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधी आदीको मस्यौदा तर्जुमा गर्ने।
  • प्रदेश स्तरमा सञ्चालित पशुपन्छी स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरुको योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन गर्ने/गराउने।
  • प्रदेशस्तरमा पशुपन्छी स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा अवश्यकता अनुसार संघीय तथा स्थानीय तहका पशुपन्छीसँग सम्बन्धीत निकाय वा शाखासँग समन्वय गर्ने ।
  • जनस्वास्थ्यसँग सम्वन्धित तथा आर्थिक दृष्टिले महत्वपुर्ण सीमाविहिन पशुपन्छीको रोग सर्भिलेन्स, अन्वेषण, नियन्त्रण तथा अन्वेषण गर्ने।
  • जुनोटिक रोगहरुको सर्भिलेन्स, अन्वेषण नियन्त्रण तथा उन्मूलन गर्ने कार्यक्रम तर्जुमा गरी लागू गर्ने/गराउने।
  • प्रतिजैविकी प्रतिरोध न्यूनीकरण लगायतका एक-स्वास्थ्यसँग सम्बन्धीत आवस्यक कार्य गर्ने/गराउने र एक स्वास्थ्यको लागि पशु स्वास्थ्य तर्फको आधिकारीक प्रादेशिक प्राविधिक निकायको रुपमा कार्य गर्ने।
  • प्रदेश तहको पशु चिकित्सा सेवा संचालन तथा नियमन गर्ने।
  • पशुपन्छीपालनमा प्रयोग हुने उत्पादन सामग्रीहरु (औषधी, जैविक पदार्थ, हर्मोन, विषादी), पशु पोल्ट्री ह्याचरी लगायत पशुजन्य उद्योगको प्रचलित कानून बमोजिम गुणस्तर नियमन गर्ने/गराउने।
  • पशुपन्छीजन्य महामारी एवं प्रकोप लगायतका बिपद् व्यवस्थापन गर्ने।
  • महामारी, बिपद् व्यवस्थापन र रोग नियन्त्रणका लागि आवश्यक औषधी, खोप तथा नियन्त्रण उपकरण/सामग्रीको बफर स्टक (मौज्दात) व्यवस्थापन गर्ने।
  • संघीय सरकारबाट सञ्चलित राष्ट्रिय रोग नियन्त्रण कार्यक्रमलाई प्रदेशस्तरमा कार्यान्वयन गर्न/गराउन अवश्यक कार्य गर्ने।
  • प्रदेशस्तरमा कार्यान्वनका लागि पशुपन्छीका रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम  तथा उन्मूलनको कार्ययोजना (कन्टिन्जेन्सी प्लान) तयार गरी लागू गर्ने।
  • नेपाल कृषि अनुसन्धान परिषद् लगायत अन्य अनुसन्धान संघ/संस्थाहरुसँग समन्वय गरी समन्वयात्मक पशु स्वास्थ्य अन्वेषण तथा अनुसन्धानमा सहभागी हुने।
  • प्रादेशिक पशु रोग तथा अवस्थिति सम्बन्धि सूचना प्रणाली व्यवस्थापन गर्ने।
  • पशु कल्याण सम्बन्धी आवश्यक कार्य गर्ने/गराउने।
  • नेपाल पक्ष राष्ट्र रहेको विश्व पशु स्वास्थ्य संगठन लगायतका अन्तराष्ट्रिय तथा क्षेत्रिय संगठनमा पशुपन्छी (वन्यजन्तु समेत), माछा, मौरी रोग तथा अवस्थाको रिपोर्टीङ्गका लागि प्रादेसिक विवरण तयार पारी संघमा रिपोर्टिङ गर्ने।
  • प्रदेशस्तरमा पशु रोगको जोखिम विश्लेषण गर्नै।

१.३ मत्स्य विकास शाखा

  • मत्स्य विकास सम्बन्धी प्रदेश स्तरीय नीति, ऐन, नियम, मापदण्ड, कार्यविधी आदीको मस्यौदा तर्जुमा गर्ने।
  • प्रदेश तहमा सञ्चालित मत्स्य विकास सम्बन्धी विभिन्न कार्यक्रमहरुको योजना तर्जूमा, कार्यान्वयन तथा अनुगमन गर्ने/गराउने।
  • प्रदेश स्तरमा मत्स्य विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा अवश्यकता अनुसार संघीय तथा स्थानीय तहका पशुपन्छी तथा मत्स्यसँग सम्बन्धीत निकाय वा शाखासँग समन्वय गर्ने।
  • मत्स्य अनुवांशिक श्रोत पहिचान, संरक्षण तथा उपयोग सम्बन्धी कार्य गर्ने।
  • मत्स्य नश्ल सुधार सम्बन्धी कार्य गर्ने/गराउने।
  • प्रदेशस्तरमा सञ्चालित सरकारी एवं निजी मत्स्य ह्याचरी तथा नर्सरीहरु लगायतका मत्स्य सम्बन्धी अन्य तथ्याङ्कहरुको संकलन, विश्लेषण, व्यवस्थापन तथा सम्प्रेषण गर्ने/गराउने ।
  • प्रदेशस्तरमा प्राकृतिक जलाशयहरु (नदी-नाला, खोला, रिजर्भ्वायर ताल, घोल एवं सीमसार क्षेत्र आदीमा) मत्स्यपालन संभाव्यता अध्ययन/सर्वेक्षण सम्बन्धी कार्य गर्ने/गराउने।
  • प्रचलित कानून बमोजिम प्रदेशस्तरमा प्राकृतिक जलाशयमा जलीय जैविक विविधता कायम राख्दै प्राकृतिक उत्पादन वृद्धि गर्न आवश्यक कार्य गर्ने/गराउने।
  • प्रदेशस्तरमा प्राकृतिक जलाशयमा उत्पादन हुने मत्स्य तथा अन्य जलीय उत्पादनमा आश्रित समुदायको सामाजिक/आर्थिक पक्षलाई सम्वोधन गर्न आवश्यक कार्य गर्ने/गराउने।
  • प्रदेशस्तरमा मत्स्य विकाससँग सम्वन्धित संघ/संस्था लगायतका सरोकारवाला बीच समन्वय सम्वन्धी कार्य गर्ने।
  • प्रदेशस्तरमा माछा तथा जलीय जीवपालन/व्यवस्थापनसँग सम्बन्धी नविनतम प्रविधिहरुको विकास तथा विस्तार सम्वन्धी कार्य गर्ने/गराउने।
  • प्रदेशस्तरमा माछा तथा जलीय जीवजन्य उत्पादनको पोष्टहार्भेष्ट तथा बजार व्यवस्थापन सम्बन्धी कार्य गर्ने/गराउने।
  • प्रदेशस्तरमा चिसो तथा न्यानो पानीमा मत्स्य पालन सम्बन्धी कार्य गर्ने/गराउने।
  • मत्स्य विकासका विविध क्षेत्रहरुमा आवश्यकता अनुसार अध्ययन, अनुसन्धान लगायतका कार्य गर्ने/गराउने।
  • गुणस्तरीय मत्स्य उत्पादन, वितरण एवं प्रशोधन व्यवस्थापन सम्बन्धी नियमन कार्य गर्ने/गराउने।
  • प्रदेशस्तरमा मत्स्य रोग नियन्त्रण सम्बन्धी कार्य गर्ने/गराउने।

१.४ प्रशासन शाखा

  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने।
  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको जिन्सी तथा स्टोर व्यवस्थापन लगायत प्रशासनिक कार्यहरु संचालन गर्ने।
  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको लेखा तथा श्रेस्ता व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
  • पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय तथा अन्तर्गतको निकायको जनशक्ति व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने।
  • सम्बन्धीत प्रादेशिक तालुक निकायहरु लगायत संघीय र स्थानीय तहहरुबाट प्राप्त परिपत्र निर्देशन एवं राय सुझावहरुको कार्यान्वयन गर्ने र मातहतका निकायहरुलाई समेत कार्यान्वयन गर्न गराउन आवश्यक निर्देशन दिने ।
  • मातहतका निकायहरुलाई प्राविधिक, आर्थिक प्रशासन लगायतका कार्यालयहरुसंग सम्बन्धीत विषयहरुमा अवश्यकतानुसार निर्देशन दिने ।
  • मातहतका निकायका कर्मचारीहरुको कार्य सम्पादनको मुल्याङ्कन गर्ने, कार्यालय प्रमुखहरुको काज एवं भैपरी बाहेकको विदाहरु स्विकृत गर्ने ।
  • मातहतका कार्यालयहरुको कार्यक्षेत्र भित्रका सेवाग्राहीहरुबाट सम्बन्धीत कार्यालयहरुबाट प्रवाह भएको सेवा सम्बन्धमा गुनासो प्राप्त हुन आएमा सो को छानविन गरी सम्बन्धीत निकायलाई निर्देशन दिने ।
  • मातहतका कार्यालय अन्तर्गतका राजपत्र अनंकित प्राविधिक/अप्राविधिक कर्मचारीहरुको प्रचलित कानून अनुसार काज/पदस्थापना/सरुवा गर्ने ।
  • मातहतका कार्यालयका कार्यालय प्रमुखहरुलाई कार्य सम्पादन सम्झौता गराई लक्षित कार्य प्रगति प्रति जिम्मेवार गराउने।नीजका कार्य सम्पादन मुल्याङ्कनलाई कार्य सम्पादन सम्झौताका प्रगतिसँग आबद्द गराउने प्रक्रियाका विकाश गर्ने।

 

    • यस निर्देशनालय मातहतमा रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरु
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सप्तरी
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सिरहा
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषा
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, महोतरी
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सर्लाही
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, रौतहट
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बारा
    • भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्सा

 

भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रहरुको कार्य बिवरण

पशुपन्छी तथा मत्स्य बिकासको माध्यमबाट स्वरोजगार प्रबद्धन र आय आर्जनका बैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समुदायको गरिवी न्यूनिकरण, पारिवारीक पोषण र जीवनस्तरमा सुधार गर्दै व्यबसायीकरण, उत्पादन बिबिधिकरण बजारीकरण लक्षित रणनीति अख्तियार गरी उद्यमशीलताको प्रबर्धन र पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमा टेवा पुर्याउने उद्धेश्यका साथ निम्न कार्यहरु संचालन गर्ने/गराउने।

  • पशुपन्छी तथा मत्स्य बिकस कार्यक्रम संचालनका लागी प्रदेश सरकारको कार्यान्वयन इकाइको रुपमा कार्य गर्ने।
  • रोग निदान तथा उपचारकोको लागी भेटेरीनरी अस्पताल तथा बिज्ञ सेवा प्रदान गर्ने ।
  • पशुपन्छी रोग निदान तथा उपचारको लागी Basic Veterinary laboratory सेवा प्रदान गर्ने ।
  • पशु आहारा आपुरतिको सुनिश्चितताका लागी स्थान बिशेषको सम्भाव्यताको आधारमा चरन तथा खर्कको संरक्षण र बिकास सम्बन्धी प्रादेशिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने।
  • स्थानीय तहको सहकार्यमा भुंइ तथा डालेघांसको प्रबर्द्धन र घांस संरक्षणको बिधिहरुको प्रचार प्रसार एवं प्रबर्धन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य नश्लको गुणस्तर निर्धारण र नियमन गर्ने ।
  • उन्नत नश्लका  पशुपन्छी तथा मत्स्यको प्रादेशिक श्रोतकेन्द्र बिकासमा सहयोग गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादनको व्यबस्थित बजारिकरण, औद्योगिकरण र निकासी प्रबर्धनका लागी आवश्यक पूर्वाधारहरुको बिकास र संचालनमा टेवा पुर्याउने ।
  • जनस्वास्थ्य संरक्षणका लागी जुनोटिक एवं सिमाविहिन महामारी जन्य रोगहरुरको नियमन तथा व्यबस्थापन गर्ने।
  •  कार्यक्षेत्र भित्रका कृषक र व्यबसायीहरु लक्षित पशुपन्छी तथा मत्स्य बिकास संग सम्बन्धित बिशिष्टीकृत ज्ञान र सीप प्रदान गर्ने ।
  • स्थानीय तहमा कार्यरत प्राविधिकहरको क्षमता र दक्षताले नभ्याउने प्रकृतिका पशुपन्छी तथा मत्स्य बिकास सम्बन्धी प्राविधिक सेवा टेवा र पृष्ठपोषण गर्ने ।
  • महामारी र प्राकृतिक प्रकोपका कारण भएको पशुधनको क्षति बिबरणसंकलन तथा क्षतिपुर्ति, राहत र पुनःस्थापनका कार्य गर्ने गराउने ।
  • पशुपन्छी तथा मत्स्य जैविक बिबिधताको पहिचान, अभिलेखिकरण, संरक्षण, उपयोग र प्रबर्धनमा टेवा पुर्याउने ।
  • स्थानीय तहसंगको समन्वयमा बिषयगत तथ्याङ्क संकलन र प्रेषण हुने प्रबन्ड्ढ मिलाइ आवधिक तथ्याङ्कह तालुक निकायमा पठाउने ।
  • मत्स्य बिकास सम्बन्धी प्रादेशिक नीति नियमले निर्दिष्ट गरे बमोजिमका कार्यक्रम संचालन गर्ने ।
  • पशुपन्छी तथा मत्स्य बिकास क्षेत्रका ऐन , नियम, मापदणड तथा संहिताहरुको कार्यान्वयन र नियमन गर्ने ।
  • स्थानीय आवश्यक्तामा आधारीत पशुपन्छी तथा मत्स्य बिकास सम्बन्धी आधारभुत अध्ययन परिक्षणहरु संचालन गर्ने ।
  • प्रदेश सरकारको लक्ष्य मुताबिक दुध, मासु, र अण्डाको उत्पादन र उत्पादकत्व अभिबृधि गरी आयात प्रतिस्थापन र निर्यात प्रबर्धनमाटेवा पुर्याउने ।

 

    • यस निर्देशनालय अन्तर्गतको तालिम केन्द्र
    • पशु सेवा तालिम केन्द्र, जनकपुरधाम

तालिम केन्द्रको कार्य बिवरण

प्रादेशिक लक्ष्य एवं कार्यनिति बमोजिम पशुपन्छी तथा मत्स्य विकासका लागि उच्चतम प्रविधि, ज्ञान र सिपको समुचित उपयोग गर्दै उत्पादन तथा उत्पादकत्व अभिबृद्धि, ,  विविधिकरण, बजारिकरण र व्यवसायिकरणको माध्यमबाट गरिवी न्यूनिकरण, स्वरोजगार श्रृजना तथा आर्थिक सम्मृद्धि हासिल गर्ने मूल ध्येयका साथ निम्न कार्यहरु संचालन गर्ने/ गराउने।

  • तालिम तथा क्षमता विकासका क्षेत्रमा प्रदेश सरकारको कार्यान्वयन ईकाइको रुपमा कार्य गर्ने।
  • प्रदेश स्तरमा पशु सेवा सम्बन्धी तालिम नीति तर्जुमा गर्ने ।
  • तालिमको संचालन र कार्ययोजना बनाउने ।
  • पशु सेवा सम्बन्ध समय सापेक्ष विभिन्न विषयगत तालिमको पाठ्याक्रम तयारी तथा परिमार्जन गर्ने ।
  • पशुपन्छी उत्पादन, पशु स्वास्थ्य, मत्स्य लगायत अन्य सम्बन्धीत विषयमा तालिम संचालन गर्ने ।
  • कृषक, उद्यमी, कर्मचारीहरुका लागि तालिम संचालन गर्ने ।
  • सरकारी, गैर सरकारी एवं विदेशी संघ संस्थाहरुसंग समन्वयमा तालिम संचालन र्ने ।
  • प्रचार प्रसार सामग्री तयारी तथा वितरण गर्ने ।
  • तालिम प्रभावकारीता अध्यन, अनुगमन तथा मल्याङ्कन गर्ने ।
  • प्रदेश स्तरमा पशुपन्छी तथा मत्स्य व्यवसायी उद्यमी तथा विज्ञहरुको रोहवर तयार गरी अद्यावधीक गर्ने ।
  • स्थानिय तह तथा प्रदेश स्तरमा कार्यरत पशु सेवा प्रविधिकहरुको क्षमता अभिवृद्धी तथा वृत्ती विकास सम्बन्धी तालिमहरु संचालन गर्ने ।

 

    • यस निर्देशनालय अन्तर्गतको मत्स्य विकास केन्द्र,
  • मत्स्य विकास केन्द्र, फत्तेपुर, सप्तरी
  • मत्स्य विकास केन्द्र, लहान, सिरहा

मत्स्य विकास केन्द्रहरुको कार्य बिवरण

  • मत्स्य पालन तथा मत्स्य विकासका कार्यक्रम संचालनका लागी प्रदेश सरकारको कार्यान्वयन इकाइको रुपमा कार्य गर्ने।
  • मत्स्य पालन तथा मत्स्य विकासका लागि आधुनिक प्रविधि र उपकरणको प्रयोग गरी सेवा उपलब्ध गराउने।
  • मत्स्यपालन क्षेत्रमा देखा परेका चुनौतिहरूलाई सम्वोधन गर्न अध्ययन, परीक्षण, अनुसन्धान सेवा प्रवाह गर्ने।
  • स्थानीय तहलाई आवश्यकता अनुसार प्राविधिक पृष्ठपोषण गर्ने।
  • स्थानीय तहवाट माग भएको अवस्थामा मत्स्य वीज लगायत मत्स्य उत्पादन सामग्रीको आपूर्ति व्यवस्थापन सहजीकरण गर्ने।
  • मत्स्य सम्बन्धी तथ्याङ्क व्यवस्थापन तथा विवरण अद्यावधिक गर्ने।
  • मत्स्य प्रसारमा स्थानीय तहलाई सहजीकरण गर्ने।
  • मत्स्य कर्जा र वीमा प्रवर्द्धनमा सहजीकरण गर्ने।